News Portal

  • रु. २५० को सामान किन्ने ग्राहकले जिते रु. १० लाख बम्पर उपहार

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८३
    १७१ पटक
    २२ साउन, २०८३

    काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गतको पहिलो पाक्षीक विजेताको नाम घोषणा गरिएको छ।

    अर्थ मन्त्रालयका अनुसार पहिलो पाक्षीक विजेता बम्पर विजेता कञ्चनपुरको पुनर्बास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरमा सामान किन्ने ग्राहक रहेको छ। त्यो स्टोरमा २५० रुपैयाँको सामान किनेका ग्राहकले १० लाख रुपैयाँ बम्पर उपहार पाएका हुन्।

    आन्तरिक राजस्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरमा गत साउन ७ गते सामान किन्ने ग्राहकको पहिचान गर्न क्रममा रहेको छ।

    सरकारले बिल लिएर वा वित्तीय भुक्तानीबाट १०० रुपैयाँभन्दा बढीको सामान किन्दा दैनिक १ जनालाई १ लाख ३३ हजार रुपैयाँ र पाक्षीक (१५ दिन) अर्थात महिनामा २ जनालाई जनही १० लाख रुपैयाँ बम्पर उपहार दिने कार्यक्रम सञ्चालन गरेको छ।

    प्रतिकृया दिनुहोस्