News Portal

  • कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८३
    ३५ पटक
    २२ साउन, २०८३

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

    बैंक सञ्चालक समितिको शुक्रबार बसेको ४१९औं बैठकले साधारण सेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    यस्तै, अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश दिने निर्णय गरिएको बैंकले जनाएको छ ।

    घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको २०औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार गत आर्थिक वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्