News Portal

  • सेन्ट्रल फाईनान्सको दस प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७७
    ६८७ पटक
    २३ माघ, २०७७

    काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । माघ २३ गते सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै लगानीकर्ताले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पाउने छन् । संस्थाको चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ, निक्षेप ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ५८ करोड १० लाख रुपैयाँ रहेको छ ।
    ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको सेन्ट्रल फाईनान्सको काठमाडौंको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्यामासिंह र सल्लाघारी, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट र बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुरधाम समेत हाल शाखा संख्या १४ सञ्चालनमा रहेको तथा झापाको बिर्तामोड, सुनसरीको इटहरी र पर्साको बिरगंज शाखा छिटै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको र भविष्यमा थप शाखा खोली शाखा सञ्जाल र कार्यक्षेत्र थप विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले बताए । उनले ललितपुरको कुपण्डोलस्थित संस्थाको कर्पोरेट भवन निर्माण भइसकेको र छिटै केन्द्रीय कार्यालय सारिने तथा प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि सभामा जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्