News Portal

  • कृषि विकास बैंकद्वारा कोरोना उपचार कोषलाई आर्थिक सहयोग

    आर्थिकसंसार संवाददाता३२ साउन, २०७७
    ६५५ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । कृषि विकास बैंकले सरकारलाई पुनः ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग प्रदान गरेको छ । यो आर्थिक सहयोग बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. युराज खतिवडालाई हस्तान्तरण गरेको हो ।
    बैंकले यसअघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।
    चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कम्पनी सचिवसमेत रहेका पौडेलको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अर्थमन्त्रालयका तर्फबाट अर्थमन्त्री डा. खतिवडा, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिव झक्कप्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्