News Portal

  • शाइन रेसुंगा डेभलपमेन्ट बैंक: करिब ८३%ले बढ्यो नाफा, लाभांश क्षमता १६% माथि

    आर्थीकसंसार संवाददाता१९ साउन, २०८३
    ५५ पटक
    १९ साउन, २०८३

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ८२.९७ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकले १६.८६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९१ करोड ११ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ९०.७४ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६.९० प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ८४ करोड ६४ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब १४ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ६६ करोड ८५ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकले ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २६ करोड ७७ लाखरुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९० करोड रु७१ लाख पैयाँ कर्जा लगानी गरेको थियो। निक्षेप संकलन र कर्जा प्रवाह बढ्नुले बैंकको व्यापार पनि विस्तार भइरहेको देखिन्छ।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.२७ प्रतिशत थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.५२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.२४ रुपैयाँ थियो। पीई रेसियो १७.६४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्