News Portal

  • इक्रा नेपालद्वारा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रेटिङ पुनर्पुष्टि

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८३
    १५ पटक
    १७ साउन, २०८३

    काठमाडौं । इक्रा नेपालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रेटिङ पुनर्पुष्टि गरेको छ। योसँगै इक्राले सिद्धार्थ प्रिमियरलाई यसअघि राखिएको नकारात्मक असरसहितको निगरानीबाट हटाएको छ।

    इक्राले रेटिङ पुनर्पुष्टि गर्दै इस्युअर रेटिङ ‘ए’ नै राखेको हो। यो मूल्यांकन भएका जारीकर्तालाई समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न उच्च स्तरको सुरक्षा भएको मानिन्छ। यस्ता जारीकर्ताको क्रेडिट जोखिम कम हुन्छ।

    यो रेटिङ केवल मूल्यांकन गरिएको संस्थाको सामान्य क्रेडिट योग्यताका बारेमा राय रहेको इक्राले जनाएको छ। ‘यो कुनै विशेष ऋण उपकरणमा होइन’, इक्राले भनेको छ।

    नकारात्मक असरसहितको निगरानीबाट हटाउनुको मुख्य कारण गत भदौमा भएको जेनजी आन्दोलनबाट उत्पन्न हुने बीमा दाबीहरुको प्रभावलाई अवशोषित गर्ने कम्पनीको क्षमता (तरलता र ब्यालेन्स सिट बल दुवैको हिसाबले) सुधार भएको इक्राले जनाएको छ।

    प्रतिकृया दिनुहोस्