News Portal

  • वार्षिकोत्सवका अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न

    आर्थीकसंसार संवाददाता३ साउन, २०८३
    २० पटक
    ३ साउन, २०८३

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता ठेम्पल रनको सहकार्यमा सम्पन्न भएको हो।

    कार्यक्रममा ५०० भन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दौड कम्पनीको केन्द्रीय कार्यालय, नक्साल भगवती मार्गबाट प्रारम्भ भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर, उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो।

    कार्यक्रमको शुभारम्भ कम्पनीका अध्यक्ष मनोहर दासले गरेका थिए । सहभागीहरूको उत्साह, ऊर्जा र सक्रियताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको थियो।

    दौड सम्पन्न भएपछि सहभागीहरूका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिहरू पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र रमाइलोपन थपेको थियो।

    कार्यक्रममा सहभागी सम्पूर्ण धावकहरूलाई सहभागिता पदक (Finisher Medal) प्रदान गरिएको थियो। साथै, पुरुष तथा महिला विधामा प्रथम स्थान हासिल गर्ने विजेतालाई रु. ९ लाखसम्मको SALICO Arogya Health Insurance सहित नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

    त्यस्तै SALICO सुरक्षा रन २०२६ सँगसँगै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। यसअन्तर्गत गण्डकी, कोशी तथा सुदूरपश्चिम प्रदेशस्थित मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम, लुम्बिनी प्रदेशमा रक्तदान कार्यक्रम तथा मधेश प्रदेशस्थित आमाको माया छात्रावासमा भोजन तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरिएको थियो। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले समाजप्रतिको आफ्नो दायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रयास गरेको जनाएको छ।

    कार्यक्रमको सफल आयोजनाले स्वस्थ जीवनशैलीको प्रवर्द्धन, बीमा सचेतनाको विस्तार तथा समुदायसँग कम्पनीको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको कम्पनीले विश्वास व्यक्त गरेको छ।

    कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व, स्वास्थ्य प्रवर्द्धन तथा जनहितका यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्