News Portal

  • सलिको इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवः विराटनगरमा वृद्ध तथा अशक्तलाई भोजन

    आर्थीकसंसार संवाददाता३ साउन, २०८३
    १३३ पटक
    ३ साउन, २०८३

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा वृद्ध तथा अशक्त व्यक्तिहरूलाई भोजन गराएर मनाएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विराटनगर–पोखरियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्ध तथा अशक्त व्यक्तिलाई भोजन गराइएको हो।

    कम्पनीको ३०औँ वार्षिकोत्सवको सन्दर्भमा आश्रममा रहेका ७१ जनालाई भोजन प्रदान गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जानकारी दिए ।

    उहाँका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यस्ता सामाजिक उत्तरदायित्वअन्तर्गतका मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्