काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा पनि अब क्यूआर कोडको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज १२० रुपैयाँको कागती खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानीको आरम्भ गरेका हुन् ।
माछापुच्छ्रे बैंकको सहकार्यमा सो तरकारी बजारमा क्यूआर कोडको सुरुवात भएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् । सो बजारमा रहेका कुल १ सय ५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भएको छ ।
अब केही दिनमै सबै स्टलमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने बताइएको छ । अधिकांश व्यापारीहरुले क्यू आर कोडमार्फत कारोबार हुने प्रणालीको सुरुवात गरेपछि उनीहरुलाई सम्बोधन गर्दै यस्तो प्रणालीले कारोबारमा पारदर्शीता ल्याउने बताए ।
‘क्यूआर कोडलगायतका अनलाइन भुक्तानीले पारदर्शीता सँगसँगै समयको पनि बचत हुने गभर्नर अधिकारीले बताए । यसले कारोबारमा पारदर्शीता ल्याउँछ, बैंकबाट कर्जा पाउन पनि सजिलो हुन्छ,’ उनले भने । यस्तै, उनले क्यूआर कोडमार्फत कारोबारका लागि सर्वसाधारणलाई अभ्यस्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै चाँडै नै राष्ट्र बैंकले नागरिकका लागि पृथक खालको कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले तरकारी तथा फलफुल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी सोही कार्यक्रममा हरित कृषि सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पहुँच पुर्याउने विश्वास व्यक्त गरे । स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधाा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंकको सहयोगमा तरकारी बजारमा क्यूआर कोड सुरुवात
आर्थीकसंसार संवाददाता२१ माघ, २०७७
२१ माघ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने