आर्थीकसंसार संवाददाता२१ माघ, २०७७
२१ माघ, २०७७काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङस लिमिटेडबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्तान्तरण गर्नु भएको हो ।
सहमतिसँगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमासम्बन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।