News Portal

  • ग्लोबल बैंकका नवनियुक्त सीईओ बज्राचार्यले भदौ १ देखि कार्यभार सम्हाल्ने

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ४८९ पटक
    ३२ साउन, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भदौ १ गतेदेखि पदबहाल गरी आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् ।
    उनलाई गत साउन ३० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि सीईओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । चार दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको रुपमा सेवा गरिसकेका छन् ।
    नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जर पछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको रुपमा नेतृत्व गरिसकेका छन् ।
    २०७६ मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकीकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्