News Portal

  • सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    १७३२ पटक
    १८ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको छ ।
    माघ १७ गते आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका–११, का उपप्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका–७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थिति रहेको थियो ।
    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
    हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्