News Portal

  • कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता११ असार, २०८३
    १२ पटक
    ११ असार, २०८३

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौताअनुसार नेसनल प्याथ ल्याबले प्रदान गर्ने विभिन्न परीक्षण सेवामा कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

    कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर फैलिएको २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्