News Portal

  • एभरेष्ट बैंकले कीर्तिपुरबासीलाई विभिन्न कर्जा दिने

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    १८६६ पटक
    १८ माघ, २०७७

    काठमाडौं । एभरेष्ट बैंकले कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरेका हुन् ।
    उक्त सम्झौताअन्तर्गत एभरेष्ट बैंकले आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार कीर्तिपुर नगरपालिकाका बासिन्दालाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।
    बैंकले आफ्नो वृहत सञ्जालमार्फत अत्याधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ वटै प्रदेश गरी १०० शाखा कार्यालय, ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।

    प्रतिकृया दिनुहोस्