News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार, गोरखा र जुम्लामा सेवा सुरु

    आर्थीकसंसार संवाददाता२ असार, २०८३
    ९ पटक
    २ असार, २०८३

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखा र जुम्लामा नयाँ शाखा विस्तार गर्दै सेवा सञ्जाल थप विस्तार गरेको छ ।

    बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा जेठ २६ गतेदेखि नै शाखा कार्यालय सञ्चालनमा आइसकेको छ ।

    यी शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ ।

    वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

    बैंकले कर्जा तथा निक्षेप सेवासँगै एटिएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्