News Portal

  • राष्ट्रिय सहकारी बैंकको नाफा २८.४७ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    १९८३ पटक
    १६ माघ, २०७७

    काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।
    बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको खुद व्याज आम्दानी बढेर ७३ करोड ६९ लाख पुगेको छ भने गत वर्षको सोही अवधिमा खुद व्याज आम्दानी ५३ करोड ५ लाख रहेको थियो ।
    बैंकको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार यस अवधिमा बैंकको २ अर्ब ८३ करोड शेयर पुँजीसहित ५८ अर्ब २७ करोड निक्षेप संकलन गरी २७ अर्ब ४ करोड कर्जा लगानी गरेको छ । त्यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ८९ लाख रहेको छ । ७७ जिल्लाका सबैखाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार ६ सय सहकारी संघरसंस्था सदस्य रहेका छन, भने बैंकका ७ प्रदेशमा ६८ शाखा कार्यालय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्