News Portal

  • नबिल बैंकको फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    १४७९ पटक
    १६ माघ, २०७७

    काठमाडौं । नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।
    अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।
    क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिनियर म्यानेजमेन्ट कर्मचारी, नेपाल फलफूल थोक व्यवसायी संघका कार्यकारी सदस्यहरु र कृषि बजार विकास कम्पनीका अध्यक्षको उपस्थिति रहेको थियो ।
    राष्ट्र बैंकका गभर्नर अधिकारीले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफुल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए ।
    नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लोपटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

    प्रतिकृया दिनुहोस्