काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको आईपीओको आज शुक्रबार (माघ १६ गते) बाँडफाँड भएको छ । उक्त सेयरको बाँडफाँड आज बिहान १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा भएको हो ।
यससँगै कम्पनीको आईपीओमा आवेदन दिने सबैले बैंकको सेयर हात परेका छन् । बिक्री प्रबन्धक क्यापिटलकाअनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिने सबैले बैंकको न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्ता सेयर पाएका छन् । १० कित्ताभन्दा बढी र ५० कित्तासम्म रितपूर्वक आवेदन दिएका सबैले आफुले माग गरेजति नै सेयर हात पारेका छन् ।
आईपीओमा आवेदन दिएकामध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
त्यस्तै, पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर दोश्रो चरण अर्थात गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने कूल ११ लाख ९४ हजार ४ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो । जसमध्ये भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पारेका छन् भने बाँकीले बैंकको अधिकतम ५० कित्ता सेयर पाएका छन् ।
बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो । १२ अर्ब रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी आईपीओ बाँडफाँड पछि २० अर्ब रुपैयाँ पुगेको छ ।
निफ्राको आईपीओ बाँडफाँडमा ६० कित्ता पाउने कति ?
आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
१६ माघ, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता