News Portal

  • सनराइज बैंकले गैरीधारा चोकमा ट्राफिक लाईट स्थापना

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    ७६६ पटक
    १६ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडि गैरीधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरेको छ । सो लाइटको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं–१ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।
    सो कार्यक्रममा बोल्दै बैंकका सीईओ जनक शर्मा पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मद्दत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य शहरको रुपमा अघि बढाउन मदत गर्ने जनाए । सो कार्यक्रममै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोकचोकमा राख्ने उद्देश्य राखेको र सनराइज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिए । बैंकले यसअघि पनि शिक्षा, स्वास्थ्य, वातावरणलगायतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने छ ।

    प्रतिकृया दिनुहोस्