News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूह सम्मानित

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    ५५८ पटक
    १६ माघ, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटू आरोहण समूहलाई ५ लाख नगद पुरस्कारसहित सम्मानित भएको छ । महालक्ष्मी बैंकले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) को हिउँदयाममा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल नेपाली समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।
    शुक्रबार बैंकको प्रधान कार्यालयमा आयोजित अभिनन्दन कार्यक्रममा नेपालको झण्डालाई विश्वसामु परिचित गराउन आरोही समूहले पुर्याएको योगदानको कदरस्वरुप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई पाँच लाख नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गरे ।
    कार्यक्रममा आरोही निर्मल पूर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहसिक कार्यको लागि थप हौसला मिलेको बताए । उक्त कार्यक्रममा माउन्ट केटू आरोहण समूहका सदस्यहरु, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्