News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड आज हुने

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७७
    १९४५ पटक
    १६ माघ, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपीओ बाँडफाँड बिहान १० बजे बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा हुनेछ । आईपीओ बाँडफाँडको प्रत्यक्ष प्रसारण एनआइबिएल एस क्यापिलको फेसबुक पेजमार्फत गरिने क्यापिटलले जनाएको छ ।
    बैंकको आईपीओमा कुल आवेदनमध्ये १४ लाख ७५ हजार ८ वटा आवेदनलाई योग्य ठहर गरेको हो । जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले पाउनेछन् भने केही भाग्यशालीले ६० कित्तासम्म सेयर प्राप्त गर्नेछन् । प्रि अलोटमेन्टमा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।
    बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएको थियो ।

    प्रतिकृया दिनुहोस्