News Portal

  • कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७७
    २१६३ पटक
    १५ माघ, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।
    सो योजनाअन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा एक सय रुपैयाँ फिर्ता पाउनेछन् ।
    सो रकम फिर्ता पाउन ग्राहकवर्गले रजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्टमार्फत दुई हजारसम्मको कारोबार गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
    उक्त कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमित अवधिको लागि मात्र रहने बैंकले बताएको छ ।

    प्रतिकृया दिनुहोस्