News Portal

  • आइएमई जनरल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७७
    १४६८ पटक
    १५ माघ, २०७७

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएको छ ।
    माघ ११ देखि १४ गते सम्म सञ्चालन भएको उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।
    सो तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेल्ने अपेक्षा कम्पनीले गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्