News Portal

  • एनएमबिको बचतमा सर्वोच्च व्याजदर

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७७
    ६५७ पटक
    १३ माघ, २०७७

    काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटिने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ ।
    माघ महिना अघिदेखि नै बचतमा बढी ब्याज दिन सुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेको छ ।
    चार वर्षमा तीनपटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई ध्यानमा राखी अधिकतम व्याजको योजना अघि सार्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्