२९ बैशाख, २०८३काठमाडौं । यती एअरलाईन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले आफ्ना साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणमा जारी गर्ने तयारीस्वरूप उक्त क्यापिटललाई जिम्मेवारी दिएको हो ।
आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एअरलाईन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।
नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा यती एअरलाईन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
