News Portal

  • प्रभु बैंकको शाखा जोर बिजोर आलोपालो प्रणालीमा मात्रै खुल्ने

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
    ८५० पटक
    ३२ साउन, २०७७

    काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी संक्रमण गरेसँगै राजधानी काठमाडौंमा पनि कोरोना भाइरस संक्रमण तीव्रगतिमा बृद्धि हुन थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् ।
    यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर र बिजोर प्रणालीबाट सञ्चालन गर्न थालेको छ । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका शाखा कार्यालयहरु आलोपालो प्रणालीबाट जोर बिजोर गरेर सञ्चालन हुने सूचना टाँस गरिएको छ ।
    काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँस गरेर आलोापालो प्रणाली अनुसार जोर बिजोर गरेर सञ्चालन गरेका हुन् । कुनै शाखाले जोर गतेका दिन खोल्ने गरेका छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्