News Portal

  • नेशनल लाईफ इन्स्योरेन्सको ३२औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७७
    ६७८ पटक
    १५ माघ, २०७७

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३२औं वार्षिक साधारणसभा कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सो साधारणसभामा अध्यक्ष श्रीमती सिंहले आ.व. २०७५÷०७६ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउनु हुँदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु. ०५.०५ करोड पुगेको र रु. ३५ करोड खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराउनु भयो । यसैगरी आ.व. २०७५÷७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई रु. २,६८१ करोड पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्तसम्ममा रु. २६ अर्ब ९२ करोड पुगेको जानकारी गराउनुभयो । कम्पनीले सो आ.व.मा रु.२६९ करोड कूल दाबी भुक्तानी गरेको छ ।
    सभामा अध्यक्षले कम्पनी पुँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कूल चुक्ता पुँजी रु.३ अर्ब ३९ करोड नाघेको जानकारी गराए । कम्पनीको आ.व.२०७५÷०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रबिि सबै बीमालेखमा एक विन्दुले वोनस दर बढाइएको र यसवाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । आ.व.२०७५÷०७६ मा २५ वटा नयाँ शाखा खोल्न स्वीकृति प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले व्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको सभामा अवगत गराउनु भयो । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गर्नुभयो ।
    लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणामस्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले वताउनु भयो । व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोहीअनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना सञ्चालनमा ल्याएको र सोको अतिरिक्त कम्पनीले निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याएको अवगत गराए ।
    ३२औं वार्षिक साधारणसभाले आ.व. २०७५÷०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि रु. १,६२,२४,३५१।– नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको कुरा कम्पनी सचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्