२२ बैशाख, २०८३काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको यो जीवन बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार, अन्य जीवन बीमा योजनाहरूमा अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर थप सुविधाका रूपमा यी तीनवटा सुविधा समावेश गर्नुपर्ने बाध्यता रहेकोमा यो बीमा योजनामा बीमितले यी सबै सुविधा एकीकृतरूपमा प्राप्त गर्नेछन् ।
यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधा समेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ । ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।
