News Portal

  • वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

    आर्थीकसंसार संवाददाता२२ बैशाख, २०८३
    १६८ पटक
    २२ बैशाख, २०८३

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

    केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो अपिल गरेको हो। ‘आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकका अनुसार बचत गर्ने बानीले अनावश्यक खर्च हुनबाट जोगाउनका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनावसमेत कम गर्दछ। ‘त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौँ, मासिक बजेट बनाऔँ, अनावश्यक कुरामा खर्च नगरौँ, अनिवार्य रुपमा नियमित बचत गरौँ’, सूचनामा भनिएको छ, ‘आवश्यक भएमा मात्र ऋण लिऔँ र लिएको ऋणले सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौँ।’

    प्रतिकृया दिनुहोस्