News Portal

  • ज्योति विकास बैंकको साधारण सभा माघ १४ गते हुने

    आर्थीकसंसार संवाददाता१२ माघ २०७७
    ६६६ पटक
    १२ माघ २०७७

    काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारणसभा माघ १४ गते बोलाएको छ । बैंकको सञ्चालक समितिको आइतवार बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा हुने बैंकले जनाएको छ ।
    सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म शेयर दाखिल खारेज दर्र्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।

    प्रतिकृया दिनुहोस्