News Portal

  • राष्ट्रिय वाणिज्य बैंक, एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता

    आर्थीकसंसार संवाददाता११ माघ, २०७७
    १०६९ पटक
    ११ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनसिएचएल र आइएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्ने बिषयमा सम्झौता भएको हो । उक्त त्रिपक्षीय सम्झौतापछि सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने बैंकले जनाएको छ ।
    सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

    प्रतिकृया दिनुहोस्