News Portal

  • सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा सुरु

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७७
    ८०१ पटक
    १२ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकले उदयपुर र ओखलढुंगा जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६६ पुगेको छ ।
    बैंकले शुक्रबार त्रियुगा नगरपालिका–४ बगाहा उदयपुरमा १, शनिबार सिद्धिचरण नगरपालिका–४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका–४ केत्तुके ओखलढुंगामा २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्