News Portal

  • इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता११ माघ, २०७७
    ६३३ पटक
    ११ माघ, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने घोषणा गरेको छ । उक्त संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको तीन शाखाबाट सञ्चालन गरिने बैंकले जनाएको छ ।
    यसरी सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकीकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास रहेको बैंकले जनाएको छ ।
    नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
    पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

    प्रतिकृया दिनुहोस्