News Portal

  • सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७७
    ३३२ पटक
    १२ माघ, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र काठमाडौंको कुमारीपाटीस्थित वन डे थ्रिडी आर्ट रेष्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    सो सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले वनडे थ्रिडी आट रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ । बैंकले हाल १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्