काठमाडौं । कृषि विकास बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको सूचक प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद नाफा १७ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
असार मसान्तसम्म बैंकको वितरण योग्य नाफा पनि एक अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको भन्दा ४९ दशमलव ७० प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ११ प्रतिशत र १६ दशमलव ५० प्रतिशतले घटेको छ । बैंकले असार मसान्तसम्म १ खर्ब ४३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २३ अर्ब ५ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २ सय ३७ रुपैयाँ ५४ पैसा रहेको छ ।
कृषि विकास बैंकको वित्तीय विवरण सार्वजनिक
आर्थीकसंसार संवाददाता३२ साउन, २०७७
३२ साउन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने