३ चैत, २०८३काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको फर्स्ट एड तालिमको पहिलो चरणको समीक्षात्मक बैठक सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाको ६ वटा वडामा फर्स्ट एड तालिम सम्पन्न भएको हो । महानगरको आर्थिक सहयोगमा भएको तालिम सम्पन्न भएको हो ।
बैठकमा काठमाडौं रेडक्रसका सभापति श्यामकाजी डोटेलका अनुसार तालिममा स्थानीय र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाद्वारा महानगरका ३२ वटै वडाका स्थानीय बासिन्दाका लागि सञ्चालन गरिने उनले बताए । ४ दिने आधारभूत प्राथमिक उपचार तालिम प्रभावकारिता रहेको उनको भनाइ छ ।
उनले तालिममा सहभागी हुनेले आफूमा आत्मविश्वास पैदा गरेको बताएका थिए । घरमा सामान्य रूपमा चोटपटक लाग्दा कसरी उपचार गर्न सकिन्छ त्यो ज्ञान तालिममा सहभागी हुनेले पाएको सभापति डोटेलले विश्वास व्यक्त गरे ।
उनका अनुसार तालिममा ९० प्रतिशत महिलाको सहभागी थिए । नयाँ तालिम वैशाख ६ गतेबाट सुरु भएर जेठ मसान्तसम्म जारी रहने उनले बताए ।
काठमाडौं महानगरका महामारी रोकथाम नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जनस्वास्थ्यलाई प्रवर्द्धन गर्ने काममा महानगर सधैं अगाडि रहने बताए ।
मानिसको जीवन बचाउने कला तथा सीप सिकाउने कामलाई महानगरले सधैं प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
