News Portal

  • राष्ट्रिय जीवन बीमाको साधारण सभा सम्पन्न, दुई आर्थिक वर्षका वित्तीय विवरण पारित

    आर्थीकसंसार संवाददाता२ बैशाख, २०८३
    ८ पटक
    २ बैशाख, २०८३

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान) को दोस्रो वार्षिक साधारण सभा २०८२ साल चैत २७ गते सम्पन्न भएको छ ।

    सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

    साधारण सभामा कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तारका विषयमा विस्तृत छलफल भएको थियो । प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ ।

    त्यस अवसरमा कम्पनीको आगामी कार्यदिशा र रणनीतिका विषयमा महत्वपूर्ण सुझावसमेत प्राप्त भएको बताइएको छ ।

    कम्पनीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    साधारण सभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी, नियामक निकाय तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्