आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
१९ चैत, २०८२काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई रिहा गर्न माग गरेका छन्।
बैठक सुरु हुँदाबित्तिकै विरोध जनाउँदै एमाले सांसद गुरु बरालले ओली र लेखक पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहा गर्न माग गरेका हुन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ । यो गम्भीर आपत्तिको विषय छ । आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं, बरालले भने ।
बरालले विरोध गरेपछि सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिएका थिए।
