News Portal

  • सिमराको पाँचतारे होटल अब अन्तर्राष्ट्रिय ब्रान्ड: लेमन ट्रीसँग व्यवस्थापन सम्झौता

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८२
    २२२ पटक
    १९ चैत, २०८२

    काठमाडौं । बाराको सिमरास्थित पाँचतारे होटल इक्षा लिमिटेड र चर्चित भारतीय होटल ब्रान्ड लेमन ट्रीबीच होटल व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ ।

    बिहीबार (आज) भारतको नयाँ दिल्ली स्थित लेमन ट्रीको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उक्त सम्झौतामा होटेल इक्षा लिमिटेडका प्रबन्ध सञ्चालक मुनसन वाग्ले तथा लेमन ट्री होटल्सका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका हुन् ।

    सम्झौतापछि अब सिमरास्थित उक्त होटल लेमन ट्री होटलको नामबाट सञ्चालन हुनेछ । व्यवस्थापन जिम्मा लेमन ट्रीले लिएसँगै होटलले प्रदान गर्ने सेवा, सुविधा र आतिथ्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने अपेक्षा गरिएको छ ।

    सम्झौता कार्यक्रममा होटेल इक्षा लिमिटेडका सञ्चालक समितिका सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौवडेलको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्