News Portal

  • ओली र लेखक पक्राउको विरोधमा माईतीघरमा प्रदर्शन

    आर्थीकसंसार संवाददाता१५ चैत, २०८२
    ७ पटक
    १५ चैत, २०८२

    काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ । एमालेका जनवर्गीय संघसंगठले आइतबार माईतीघरमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै अध्यक्ष ओलीलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।

    अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो । पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यलयबाट सरकारको विरोधमा ज्ञापन पत्र समेत बुझाएको छ ।

    अध्यक्ष ओली पक्राउ परेसँगै एमालेले कानूनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडि बढाएको हो । एमालेको प्रदर्शनका कारण काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । माईतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्