News Portal

  • कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गर्यो

    आर्थीकसंसार संवाददाता७ माघ, २०७७
    ९९१ पटक
    ७ माघ, २०७७

    काठमाडौं । कृषि विकास बैंकले किसान क्रेडिट कार्ड र किसान एप लञ्च गरेको छ । बैंकको आज (माघ ७ गते) भएको ५४औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सो कार्ड र एपको लञ्च गरेका हुन् ।
    यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो । जसमार्फत किसानले आफ्नो मोबाईलमार्फत बैंकले उपलब्ध गराएको एप्लीकेसन सफ्टवेयर प्रयोग गरी कृषि सम्बन्धी विभिन्न कारोबारहरु सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्ने छन् ।
    के कस्तो सुविधा पाइन्छ ?
    बैंकले लञ्च गरेको किसान एपबाट किसानले विभिन्न सेवा सुविधाहरु पाउने छन् । उनीहरुले आवश्यक कृषि सामग्री बैंकले गरेका मर्चेन्टबाट खरिद गर्न सक्नेछन् । आफुले उत्पादन गरेको कृषि उपज बिक्री गरी भुक्तानी लिन सक्नेछन् । त्यसैगरी बैंकको कर्जा खातामा भएको रकम तोकिएको सीमासम्म कारोबार गर्न सकिने छ । कृषि ज्ञान केन्द्रको सुविधा भएको उक्त एपबाट युटीलिटी पेमेन्टको समेत सुविधा पाइने छ ।
    एप लिन कस्तो योग्यता हुनुपर्छ ?
    बैंकबाट कर्जा कारोबार गरिरहेका र खातामार्फत बैंकिङ्ग कारोबार गर्ने किसानले उक्त एप लिन सक्नेछन् । कृषि सामाग्री, सेवा तथा उपज खरिद बिक्री गर्ने व्यवसायीले पनि सो एप लिन योग्य हुने छन् । त्यसैगरी, बैंकसँग सहकार्य गरेका विभिन्न निकाय एवं वालेट प्रयोग गरेका र अन्य बैंक तथा वित्तीय संस्थाका किसानले उक्त एप लिन सक्नेछन् ।
    रजिष्टर गर्ने कसरी ?
    योग्यता पुगेका किसानले किसान एप सञ्चालन गर्न बैंकको नजिकैको शाखामा गई आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त आवेदन स्वीकृत भएमा बैंकबाट युजर नेम पासवर्ड तथा पिन प्राप्त हुने छ । त्यसपछि किसानले आफ्नो स्मार्ट फोनको गुगल प्ले स्टोर तथा एप स्टोरबाट बैंककको किसान एप डाउनलोड गनुपर्छ । अनि बैंकबाट प्राप्त भएको यूजर नेम, पासवर्ड तथा पिन राखी एप सञ्चालन गर्न सकिने बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्