१४ चैत, २०८२काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीलाई पक्रन शनिबार विहानै सयौंको संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेको थियो । सवा छ बजे ओलीलाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीका समर्थकहरु रातीदेखि नै ओली निवासमा पुगेका थिए । उनीहरुले सरकारको विरोध र ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको शुक्रबार मात्रै गठन भएको नयाँ सरकारले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा दोषीमाथि कारवाही गर्ने निर्णय गरेको थियो । आयोगले भदौ २३ र २४ गते भएको नवयुवा प्रर्दशनमा गरिएको दमनबारे करिव ९०० पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री, प्रहरी प्रमुखसहितलाई कारवाहीको सिफारिस गरिएको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार विहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।
