News Portal

  • डिजिटल बैंकिङमा कुमारी बैंकको नयाँ फड्को, मास्टरकार्ड सेवा सुरु

    आर्थीकसंसार संवाददाता१२ चैत, २०८२
    १६ पटक
    १२ चैत, २०८२

    काठमाडौं । कुमारी बैंकले मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले बिहीबार (आज) एक कार्यक्रमबीच मास्टरकार्ड सेवाको औपचारिक रूपमा सुरु गरेको हो । यसअघि बैंकले भिजाकार्ड प्रयोगमा ल्याइरहेको भए तापनि ग्राहकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाको रूपमा मास्टरकार्ड सेवा सुरु गरेको जनाएको छ ।

    मास्टरकार्डको अन्तर्राष्ट्रिस्तरमा ठूलो ब्राण्ड भएको हुँदा यसले ग्राहकलाई सेवा छनोटको अवसर प्रदान गर्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनालले बताए । साथै उनले विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।

    सीईओ कँडेलका अनुसार यो कार्ड नेपाल र भारत दुवै ठाउँमा अनलाइन भुक्तानी र पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ । बैंकले हाल नयाँ क्याम्पेनअन्तर्गत पहिलो वर्षका लागि वार्षिक शुल्क निःशुल्क गरेको छ ।

    सीईओ रामचन्द्र खनाल ।

    सामान्यतया यसको शुल्क वार्षिक ५०० रुपैयाँ हुने सीईओ कँडेलले बताए । उनका अनुसार एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क र कारोबारको सीमाको हकमा नेपाल राष्ट्र बैंकले तोकेको नियम नै लागु हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार एक व्यक्तिले एउटै बैंकबाट दुईवटा डेबिट कार्ड (अर्थात् भिजा र मास्टरकार्ड दुवै) लिन पाउँदैनन् । त्यसैले ग्राहकले यी दुईमध्ये कुनै एउटा मात्र रोज्नुपर्ने हुन्छ ।

    बैंकले गत वर्षदेखि नै आफ्ना एटीएमहरूमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

    पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीबाट बच्न आफ्नो पिन ओटीपी वा कार्डको विवरणहरू कसैलाई नदिन र अनधिकृत वा शंकास्पद वेबसाइटहरूमा कार्ड प्रयोग नगर्न पनि बैंकले अनुरोध गरेको छ । कार्ड प्रयोग गर्दा जहिले पनि सचेत रहन र आधिकारिक ठाउँमा मात्र विवरणहरू दिन बैंकको सुझाव छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतीय कारोबारमार्फत बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको छ । हाल बैंकको देशभर २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरूमार्फत ग्राहकवर्गलाई सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्