News Portal

  • बालबालिका र युवामा वित्तीय सचेतना फैलाउँदै माछापुच्छ्रे क्यापिटल

    आर्थीकसंसार संवाददाता१० चैत, २०८२
    १४ पटक
    १० चैत, २०८२

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी वीक–२०२६ को अवसरमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको क्यापिटलले जनाएको छ ।

    कार्यक्रममार्फत सहभागीहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक आर्थिक व्यवहार विकास गर्ने लक्ष्य राखिएको थियो । ग्लोबल मनी वीक अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष सञ्चालन हुँदै आएको विश्वव्यापी अभियान हो । यस वर्षको अभियान मार्च १६ देखि २२, २०२६ (चैत २–८, २०८२) सम्म ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको थियो ।

    कार्यक्रममार्फत सानै उमेरदेखि युवालाई आर्थिक रूपमा सचेत बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन सक्षम बनाउने तथा दीर्घकालीन वित्तीय स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्य राखिएको क्यापिटलको भनाइ छ । यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्