News Portal

  • नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकको वित्तीय अभियान

    आर्थीकसंसार संवाददाता१० चैत, २०८२
    १३ पटक
    १० चैत, २०८२

    काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

    नेपाल राष्ट्र बैंकको संयोजनमा बैंकले चैत २ देखि चैत ८ गतेसम्म सातै प्रदेशका विभिन्न शाखामार्फत विद्यालय तथा क्याम्पसहरूमा वित्तीय सचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्राप्त गरेका थिए ।

    कार्यक्रमअन्तर्गत केही विद्यार्थीलाई बैंक शाखा अवलोकन गराई बैंकिङ सेवा तथा सञ्चालन प्रक्रियाबारे व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति विकास, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ ।

    एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक रहेका छन् । बैंकले देशभर १३३ शाखा, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा १६३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवासहित बैंकले ३३ राजस्व सङ्कलन केन्द्रमार्फत सरकारी राजस्व सङ्कलन सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै भारतको नयाँ दिल्लीसहित विभिन्न मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गर्दै आएको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्