News Portal

  • युनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता७ माघ, २०७७
    ८३६ पटक
    ७ माघ, २०७७

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६औं वार्षिक साधारण सभा सम्पन्न भयो ।
    सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरियो । आर्थिक वर्ष २०७६/०७७ का लागि बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरियो ।


    कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृतिबमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरियो ।

    कम्पनीको आ.व.२०७७/०७८ को वित्तीय विवरणमा कुल बीमाशुल्क आम्दानी रु.४८,८०,३३,४४५/६२ रहेको छ । खुद बीमाशुल्क आम्दानी रु.२३,०७,५२,४२६/२० रहेकोमा खुद नाफा रु.२,२२,१२,१०२/५३ रहेकोछ । यस कम्पनीको लगानी गत आ.व.को तुलनामा ३÷९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु..६९,८४,४२,१३१÷७४ पुगेको छ । आ.व.२०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४/०७५ को तुलनामा २/२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५/६२ बीमाशुल्क आर्जन गरेको कुरा कम्पनी सचिव अनिल गुरागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     

     

    प्रतिकृया दिनुहोस्