News Portal

  • ग्लोबल मनी वीक २०२६ को अवसरमा मन्जुश्री फाइनान्सको प्रभातफेरी

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०८२
    १२ पटक
    ४ चैत्र, २०८२

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरु मार्फत प्रभातफेरीबाट गरेको छ । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।

    यस ग्लोबल मनी वीक २०२६ को मूल आधार Smart Money Talks भन्ने अभिप्रायलाई लिएर विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रमको व्यवस्था गरिने छ ।

    हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिँदै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्