News Portal

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता६ माघ, २०७७
    ५५५ पटक
    ६ माघ, २०७७

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
    सो सम्बन्धमा माघ ६ गते नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रीय कार्यालयमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।
    नेपालको एक मात्र पूर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामुहिक लगानी कोष समेत) को लागि हालसम्मकै ठूलो रकम ८ अर्ब रूपैयाँको साधारण सेयर निष्काशन गरेको छ ।
    माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समयपश्चात बन्द हुन लागेको यस सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिएको छ । र, आइपीओको इतिहासमा सबैभन्दा धेरै आवेदन परेको छ । बैंकको अधिकृत पुँजी ४० अर्ब रूपैयाँ र जारी पुँजी २० अर्ब रूपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्