News Portal

  • सनराइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्टमा विशेष छुट

    आर्थीकसंसार संवाददाता५ माघ, २०७७
    १८९१ पटक
    ५ माघ, २०७७

    काठमाडौं । सनराइज बैंकका ग्राहकले पोखराको सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा छुट पाउने सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    सम्झौतापश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी, सौना र पुल सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् ।
    बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकको अपेक्षाअनुरुप नबिनतम सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्