आर्थीकसंसार संवाददाता१० फागुन, २०८२
१० फागुन, २०८२काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
आयोगले आज सरकारलाई पत्र लेखेर आयोगले चुनावका बेला ३ दिन बिदा दिन सिफारिस गरेको हो। आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरेको छ।
त्यसो त फागुन १८ गते (सोमबार) पहाडी जिल्लाहरुमा र फागुन १९ गते (मंगलबार) फागु फर्णिमा (होली) परेको छ। यदि आयोगले सिफारिस गरेबमोजिम सरकारले बिदा दिने निर्णय गरेमा निर्वाचन समयमा लगभग एक साता बिदा हुने देखिन्छ।

